
धनगढी ।
नवनियुक्त सुदुरपश्चिम प्रदेश उपसभामुख कोईली देवी चौधरीले सपथ ग्रहण गरेकी छन् । आज प्रदेश प्रमुख कार्यलयमा आयोजित पद तथा गोपनियताको सपथ कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले सपथ ग्रहण गराएका हुन । उपसभामुख पदमा कोईली देवी चौधरी हिजो (मंगलवार) निर्वाचित भएकी थिईन।

जम्मा खसेको ५१ मत मध्ये एमालेकी कोइली देवी चौधरीले २८ मत ल्याएर निर्वाचीत भएकी छिन् । यस्तै माया पन्तले २३ मत पाइन् । चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ थियो भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ थियो ।

५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ। यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन् । यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् । हिजो बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए।
