Skin_Hospital_Dhn

सभामुखका लागि सत्ता गठबन्धन दलको तर्फबाट घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं ।
सत्ता गठबन्धन दलको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् ।

आज (बुधबार) संसद सचिवालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावकमा पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ रहेका छन् । त्यस्तै समर्थकमा हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने रहेका छन् ।

सभामुखको मनोनयन समयावधि आज ४ बजेसम्मलाई निर्धारण गरिएको छ । त्यसपछि आजै उम्मेदवारहरुको नामवली प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ ।

सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमार्फत हुने जनाइएको छ । उता नेपाली काँग्रेसले पनि सभामुखको उम्मेदवारी दिने निर्णय गरेको छ ।

सम्बन्धित
Loading...