

धनगढीः कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय किशोर हिजो (बिहीवार) पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले किशोरलाई ५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।
