Skin_Hospital_Dhn

कैलालीमा भन्सार छलिका सामानसहित एक युवक पक्राउ

धनगढीः कैलालीमा भन्सार छलिका सामानसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित डोटीका पदमबहादुर साउँद हिजो (बिहीवार) साँझ पक्राउ परेका हुन् ।

मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग) लगायत सामानसहित डोटीको शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार साँझ पक्राउ परेका हुन् ।

यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ । साथै धनगढी उपमहानगरपालिका-९ त्रिबेणी घाटबाट अन्दाजी ९० हजार मूल्य बराबरको पानी तान्ने मोटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित
Loading...