मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन्। बुधवार भएको मतदानमा उपस्थित १०२ सांसद सबैले पक्षमा मतदान गरेका छन्। विपक्षमा शून्य मत खसेको छ।

Kanun123

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ। बुधवारको मतदानमा ३ जना सांसद अनुपस्थित रहे। २ जना सांसदविरुद्ध सर्वोच्चमा मुद्दा चलिरहेकोले उनीहरुको शपथ ग्रहण पनि रोकिएको छ।

नेपाली कांग्रेसले बुधवार नै प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। मुख्यमन्त्री यादवलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ। उनलाई स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्ध सिंहको समेत समर्थन रहेको छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...