

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा हिजो (शुक्रवार) साँझ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
