Skin_Hospital_Dhn

धनगढीमा ट्रयू मेकर्स स्टुडियो सञ्चालनमा

धनगढी ।
पछिल्लो समय फोटो र भिडियो तर्फ नव युवाहरूको आकर्षण निकै बढेको छ । परिवर्तनशील समय र आधुनिकीकरण युग लगायतका कुराले उक्त विषय तर्फ युवा पीढीहरूको आकर्षण बढेको अनुमान गर्न सकिन्छ ।

यस्तै फोटो र भिडियोग्राफी तर्फ युवापुस्ताको आकर्षण बढिरहेका बेला कैलालीको धनगढीमा नव युवाहरू द्वारा ट्रयू मेकर्स नामक स्टुडियो सञ्चालन गरिएको छ । विगत लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आएका उक्त युवकहरूले सेवा मुखी ढङ्गबाट यस क्षेत्रलाई विशेष पहिचान दिने उद्देश्यका साथ धनगढी उप–महानगरपालिका वडा नम्बर २ सन्तोषी टोल अर्थात् एसपीए कलेज नजिक आकर्षक स्टुडियोको उद्घाटन गरेका छन् ।

सञ्चालक टेक बम ,मनोज रावत र निश्चल सिंह लगायतको उक्त ट्रयू मेकर्स टिमले बुधवार करिब १२ बजेको शुभ साइतमा स्टुडियोको उद्घाटन गरेको जनाइएको छ । सञ्चालक टेक बमकी आमा मनु देवी बम र मामा केशव रावतले रिबन काटेर उक्त स्टुडियोको उद्घाटन गरेका छन् । अब भने ग्राहकको चाहाना र अपेक्षा अनुसार निरन्तर सेवामा समर्पित हुने ट्रयू मेकर्स टिमको भनाई छ ।

सम्बन्धित
Loading...