Skin_Hospital_Dhn

मन्त्री धामीले गरे घरेलु कार्यालय कैलालीको भवन शिलान्यास

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले घरेलु तथा साना उद्योग कार्यालय कैलालीको भवन शिलान्यास गरेका छन्। उनले शनिबार धनगढीमा भूमि पूजन गरेर भवन शिलान्यास गरेका हुन्।

भवन शिलान्यास गर्दै उद्योग मन्त्री धामीले वैशाखभित्रै सम्पूर्ण निर्माण सम्पन्न गरेर मन्त्रालयबाट पुरस्कृत हुने निर्माण कम्पनीका सञ्चालकलाई आग्रह गरे। उनले गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशनसमेत दिए।

प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको चालु वर्षको स्वीकृत बजेटमा नयाँ भवन निर्माण गरिन लागिएको हो। मनसिद्धी निर्माण सेवा धनगढीले भवन निर्माणको ठेक्का पाएको हो। कम्पनीले ७६ लाख १० हजार ८५७ रुपैयाँको लागतमा एक तले भवन निर्माणको ठेक्का पाएको हो।

यहीँ पुस ४ ठेक्का सम्झौता भएको कार्यालय भवन २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको घरेलु तथा साना उद्योग कार्याल धनगढीका प्रमुख कोमलप्रसाद ओझाले जानकारी दिए।

सम्बन्धित
Loading...