Skin_Hospital_Dhn

बाजुराको एक पसलमा आगलागी

बाजुरा: बाजुराको एक पसलमा आगलागी भएको छ। खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खुद्रा पसलमा शनिबार आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ।

पसलभित्र रहेका चामल, लत्ताकपडा, मदिरा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, भाडावर्तन, रिचार्ज कार्ड, नगदलगायतका सामान जलेर करिब पाँच लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित
Loading...