Skin_Hospital_Dhn

कञ्चनपुरमा जुवातास खेलिरहेको अबस्थामा ६ जुवाडे पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा जुवातास खेलिरहेको अबस्थामा ६ जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट जुवातास खेलिरहेको अबस्थामा हिजो (शनिवार) साँझ ६ जना जुवाडे पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो । उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ । प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...