Skin_Hospital_Dhn

कैलालीमा एक होटल सञ्चालक समेत तिन जना लागुऔषध चरेससहित पक्राउ

धनगढीः कैलालीमा प्रहरीले एक होटल सञ्चालक समेत तिन जनालाइ लागुऔषध चरेससहित पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट पाँच किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो (शनिबार) ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको थियो ।

उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...