Skin_Hospital_Dhn

नेपाली प्रवासी परिवार महाराष्ट्रको अध्यक्षमा मिनबहादुर कुँवर

धनगढी ।
नेपाली प्रवासी परिवार मुम्बई (महाराष्ट्र) को अध्यक्षमा मिनबहादुर कुँवर चयन भएका छन् ।

कुँवरको अध्यक्षतामा मुम्बईमा भएको अधिवेसनले १५ सदस्यीक कमिटि चयन गरेको हो । सो कमिटिको उपाध्यक्षमा माया सिह, सचिवमा हेमराज सुनार, कोषाध्यक्षमा गरिमा आरोभ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शंकर सिह, भगत सिह, वन्टी सिह, सागर दर्जी, निलेश परियार, सागर सिह, रमा सुनाम, रेखा परियार, शिवा आउजी, हेमराज सुनार र हिक्मत ढकाल चयन भएका छन् ।

नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेशका सयोजक खडक नागरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिस फोर्सका युवा नेता अजय जैरु, समाजसेवी मोति बिश्वकर्मा विशिष्ट अतिथी रहेका थिए ।
मुम्बईको अधेरीमा नेपाली प्रवासीको पहिलो पटक कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागि नेपालीहरु उत्साहित बनेका नेपाल परिवार दलका सयोजक खडक नागरीले बताए । उनले आफु र आफ्नो दल प्रवासमा बस्ने नेपालीहरुको हक हितमा कटिबद्ध भएर लाग्ने बताए ।
नेपाली प्रवासी परिवारका सल्लाहकार मोति बिश्वकर्माले परिवार दलले नेपालमा राहत वितरण गरेको बारेमा जानकारी पाउँदा खुशी लागेको बताए ।

सम्बन्धित
Loading...