माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कारागारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिल्लीबजार कारागार पुगेका छन् ।

उनी रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका हुन् ।

Gaurishankar Dental

बिहीबार साँझ साढे ६ बजे प्रचण्ड र चौधरीबीच ३० मिनेटसम्म भेटवार्ता भएको छ ।

सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेको बुझिएको छ । प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका दुई सिट जितेको छ । बर्दीयामा उनका बुबाले स्वतन्त्रबाट प्रतिनिधिसभामा जित निकालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा पनि तीन सिट जितेको छ ।

 

Loading...