
धनगढी ।
आफ्नो क्वार्टर हेर्न गएका सुदूरपश्चिम प्रदेशसभाका सभामुख भिम बहादुर भन्डारी त्यहाँ नबसी फर्किएका छन् ।
कार्पेट तथा रङरोगन पूरानो भएको भन्दै सुदूरपश्चिम प्रदेशसभाका सभामुख सरकारी निवास(क्वार्टर)मा नबसि फर्केका हुन् ।


यस्तै मंगलबार नै उपसभामुखमा चयन भएकी नागरिक उन्मुक्ति पार्टीकी कोइली चौधरी पनि सरकारी निवास सरेकी छैनन । उनले पनि कार्पेट, किचेन र रङरोगन फेर्नुपर्ने निर्देशन सचिवालयलाई दिएकी छिन् ।
क्वार्टर तयार नभएकाले सभामुख हाल भाडाकै घरमा बसिरहेका छन् भने उपसभामुख आफ्नै घरमा बसेकी छिन् ।
सचिवालयका सुचनाअधिकारी युवराज जैशीले यसैहप्ता दुबैजनालाई बजेट आउने वित्तिकै क्वार्टरमा बसाईसक्ने तयारी रहेको बताए ।
