
धनगढीः नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) कैलालीको प्रथम साधारणसभा सम्पन्न भएको छ। प्रथम साधारण सभाले नयाँ कार्य समिति गठन गरेको छ। पुस २१ गते शनिबार एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको अध्यक्षतामा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीमा नयाँ कार्य समिति गठन गरिएको हो।
कैलाली जिल्लामा रहेका निर्जीवन बीमा कम्पनीहरूमा कार्यरत बीमाकर्मी कर्मचारीहरुबीच भाइचारा अभिवृद्धि, कर्मचारीका हक हित र बीमा सचेतना अभिवृद्धिका लागि निप्स कैलाली गठन गरिएको हो। नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक प्रेमहरी पोख्रेलको प्रमुख अतिथ्यतामा भएको सभामा निप्स कैलालीको ११ सदस्य कार्यसमिती सर्वसम्मत रूपमा चयन भएको छ।


निप्स कैलालीका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष घनश्याम जोशी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, कोषाध्यक्ष संजिव जोशी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सचिव नरबहादुर नेगी नेपाल इन्स्योरेन्स, सदस्यहरूमा नरेश ओझा नेको इन्स्योरेन्स, सागर बम हिमालयन एभरेष्ट इन्स्योरेन्स, श्याम बिष्ट युनाइटेड अजोड इन्स्योरेन्स, धर्मराज बडु सलिको, सुरज रावल सानिमा जिआईसि इन्स्योरेन्स, रामसिंह महरा प्रभु इन्स्योरेन्स, नरेन्द्रराज पनेरु राष्ट्रिय बीमा कम्पनीबाट रहेका छन्।
त्यस्तै, सल्लाहकारहरूमा युनाइटेड अजोड इन्स्योरेन्सका राकेश कर्माचार्य, डिल्लीराज शर्मा शिखर इन्स्योरेन्स, एमकेसेन नेशनल इन्स्योरेन्स, भरत रावल नेको इन्स्योरेन्स, समीर प्रधान नेपाल इन्स्योरेन्स, नरेश गौतम सानिमा जिआईसि इन्स्योरेन्स, देवेन्द्र बम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबाट रहेका छन्।
कार्यक्रमको सञ्चालन तथा संस्थाको प्रतिवेदन सचिव नरेश नेगीले पेश गरेका थिए। स्वागत मन्तव्य सदस्य सागर बम र शुभकामना मन्तव्य बीमा प्राधिकरणका सहायक निर्देशक छबिलाल लामिछाने राखेका थिए।
कार्यक्रममा प्रमुख अथिति नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक प्रेमहरी पोख्रेललगायतका वक्ताहरूले आ–आफ्ना धारणा राख्दै नवनिर्वाचित कार्यसमितिको पूर्ण सफलताको लागी शुभकामना व्यक्त गरेका थिए।
