Skin_Hospital_Dhn

आजको मौसमः यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौँः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।

हुस्सु र कुहिरो तथा हिमपातका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

तराई क्षेत्रमा हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित
Loading...