Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट लागूऔषधसहित सोहि ठाउँका २२ वर्षीय शंकर रानासहित दुई जना हिजो (आईतवार) दिउँसो पक्राउ परेका हुन् ।

प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...