Skin_Hospital_Dhn

बैतडीको थलागाउँ दलित बस्तीमा खानेपानीको हाहाकार

बैतडी: बैतडीको थलागाउँ दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन्। सिगास गाउँपालिका–६, थलागाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो।

खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीय नरेन्द्र विकले बताए। हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको उनले बताए।

साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको उनको भनाइ छ। संघ र प्रदेशका नेताले वाचा बिर्सिएको यहाँका दलित समुदायको गुनासो छ।

‘चुनावका बेला सबै नेताले घर घरमा धारा दिन्छौँ भनेपछि हामीले भोट दिएर जितायौँ, चुनाव जितेपछि कोही फर्केनन्। दलित बस्तीको समस्या जस्ताको तस्तै रहेको छ,’ उनले भने।

वडा कार्यालयमा पानीको माग आए पनि पर्याप्त बजेट नभएको सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले बताए।

सम्बन्धित
Loading...