
काठमाडौँ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भु—भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू—भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागहरुका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू—भागहरूमा विहानीपख हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
