

बाजुराः बाजुरामा नावालक शिशुको शव गलेको अवस्थामा फेला परेको छ । जिल्लाको बडिमालिका नगरपालिका(७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा शिशु सडेर गलेको अवस्थामा हिजो (सोमवार) साँझ मृत फेला परेको हो।
प्रहरीका अनुसार नावालक शिशुको नामथर, वतन खुलेको छैन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।
