सडक खन्ने क्रममा ढुंगाले लागेर एक बालकको घटनास्थलमै मृत्यु

बुधबार साँझ सडक खन्ने क्रममा ढुंगाले लागेर एक बालकको घटनास्थलमा नै ज्यान गएको छ।

Kanun123

उदयपुर जिल्लाको ताप्लि गाउँपालिका १ स्थित रुपाटार–ठानागाउँ सडकखण्डको माथिल्लो मादलेमा बा.२.क.३६३० नम्बरको जेसिवीले बाटो बनाउने क्रममा ढुंगा खसेर लाग्दा बाख्रा चराउन गएका १२ वर्षीय अभिशेक राईको ज्यान गएको हो।

बाख्रा चराउँदै गरेका बालकलाई सडक माथिको ढुंगा झरेर लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद फुँयालले बताए । घटना लगत्तै चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३३ वर्षीय शम्भु थापा फरार रहेकाले खोजी कार्य जारी राखिएको उनले बताए।

घटनास्थलको जेसिवी प्रहरीचौकी रुपाटारमा राखी थप अनुसन्धान भईरहेको उनले बताए। उक्त जेसिवी रौता कस्ट्रक्सनको नाममा रहेको छ।
अन्नपूर्णबाट साभार

Kailali_mahotsab
सम्बन्धित
Loading...