

धनगढीः कैलालीको चाटिया समुदायिक बनमा चितुवा मृत फेला परेको छ । जिल्लाको गोदावरी नगरपालिका-६ लालपुर स्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अबस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई इलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
