Skin_Hospital_Dhn

कैलालीमा एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी, छ लाख बराबरको क्षति

धनगढीः कैलालीमा एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१३ एकता टोल स्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट भएर हिजो (मंगलवार) साँझ आगलागी भएको हो ।

आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान छ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त आगलागी प्रहरीले स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...