Skin_Hospital_Dhn

बाजुरामा उपचारका क्रममा एक जना सुत्केरीको मृत्यु

बाजुराः बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा एक जना सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको मृत्यु भएको हो ।

हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए । उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।

सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा शाहले बताए । सुत्केरीपछि बुढामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ । डा शाहका अनुसार शिशुको अवस्था भने सामान्य छ ।

सम्बन्धित
Loading...