आज प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाण्डौं ।
आज (बिहिवार) दिउँसो १ बजे आज प्रतिनिधि सभा बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा आज मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकलाई जानकारी गराउने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

Kanun123

प्रतिनिधि सभा मातहतका समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको सभाका सचिव राजेन्द्र फुयालले बताए । सोहीअनुसार संघीयता कार्यानवयन अध्ययन तथा अनुसन्धान संसदीय समितिका संयोजक खिमलाल देवकोटाले बैठक समक्ष प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक २०७९ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिव फुयालले जानकारी गराए ।

Kailali_mahotsab
सम्बन्धित
Loading...