Skin_Hospital_Dhn

काठमाडौंबाट धनगढी उडेका जहाज सुर्खेतमा आकस्मिक अवतरण

धनगढीः काठमाडौंबाट धनगढीका लागि उडेका दुई जहाज सुर्खेतमा अवतरण भएका छन्।

बुधबार बिहान मौसममा आएको खराब मौसमका कारण श्री एयरलाइन्स र बुद्ध बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण अवतरण गरिएको हो। बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि जहाज अवतरण गर्न नसकेर डाइभर्ट गरिएको हो।

धनगढीमा बिहान अवतरण गर्ने समयमा यहाँको खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ।

श्री एयरलाइन्सको धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको थियो। तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो। अहिले मौसम सुधार भइरहेकाले पूर्णरूपमा सुधार आएपछि दुवै जहाज सुर्खेतबाट धनगढी आउने बताइएको छ।

सम्बन्धित
Loading...