पर्यटनमन्त्री किराँतीद्वारा विमान दुर्घटनाबारे संसदलाई जानकारी

काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिएका छन् ।

Kanun123

अहिले जारी प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन माग गरेपछि सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विमान दुर्घटनाबारे जानकारी गराउन मन्त्री किराँतीलाई समय उपलब्ध गराएका थिए ।

त्यसक्रममा मन्त्री किराँतीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी गराएका छन् । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि उनले बताए ।

दुर्घटनामा ७२ यात्रुको मृत्यु भएकोमा एक शिशुको शव फेला पर्न नसकेको उनले जनाए । उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उनले सुनाए ।

Kailali_mahotsab
सम्बन्धित
Loading...