Skin_Hospital_Dhn

कैलाली–५ को (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाको दमदार जित

प्रकाशबहादुर देउवाको दमदार जित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाले दमदार जित निकालेका  छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे। नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त पाए।

Loading...