
धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–१० का को गोदावरीबाट स्थानीय शेरबहादुर चौधरीको घरबाट अबैध काठ बरामद गरिएको हो ।

खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलिले २ सय ५० थान (१ सय २० क्युफिट) सालको चिरान काठ बरामद गरेको छ ।

स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ ।
