Skin_Hospital_Dhn

अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई, धामी बने संगठन विभाग प्रमुख

धनगढीः नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन्।

धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकाय चयन भएका छन्। यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद तथा कोषाध्यक्षमा जेबी कुँवर चयन भएका छन्।

अनेरास्ववियु संगठन विभाग प्रमुखमा मोहन धामी चयन भएका छन्। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए।

सम्बन्धित
Loading...