Skin_Hospital_Dhn

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन सुरु

टीकापुर: कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। बिहीबारदेखि नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा महाधिवेशन सुरु भएको हो।

संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन्। उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ट अतिथि बनाइएको छ।

नाउपाले महाधिवेशनको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने बताएको थियो। तर प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारण अन्तिम समयमा स्थगित भएको नाउपाले जनाएको छ। २८ गतेसम्म चल्ने महाधिवेशनले ५०१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ।

सम्बन्धित
Loading...