करेन्ट लागेर अछाममा एक महिला घाइते नयाँ सन्देश प्रकाशित मितिः २०८० पुष २६, बिहीबार २१:१४ फाइल तस्विर अछामः अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार रहेकी छन्। उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते महिलाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।