
धनगढीः कैलालीमा लगूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ लालीपुल नजिकबाट संजय चौधरी हरिश चौधरी हिजो (बिहीवार) राति पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-१ का ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका-८ का २९ वर्षीय हरिश चौधरीलाइ
१ ग्राम ४२० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
