Skin_Hospital_Dhn

बैतडीमा कुखुरा चोरेको आरोपमा ६ जना पुगे प्रहरी खोरमा

बैतडी: बैतडीमा कुखुरा चोरीको आरोपमा ६ जना पक्राउ परेका छन्। गएराति (बिहीबार) बैतडीको गोकुलेश्वरमा पार्टी गर्न भनि कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मसला चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूले कुखुरा फर्मबाट दुईवटा कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनियाँ र मसला चोरेको जनाएको छ। पक्राउ परेकामध्ये चार जनालाई छोडेको र दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...