
धनगढीः कैलालीको धनगढीमा आयोजना गरिएको भुवा प्रतियोगितामा आयोजक बाजुरेली सेवा समाज प्रथम भएको छ । हिजो (शुक्रबार) धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज धनगढी पहिलो भएको निर्णयक कमिटिका संयोजक लालबहादुर थापाले बताए ।

यस्तै, अत्तरिया बडीमालिका समाज, चौकीडाँडा दोस्रो भएको छ भने सुर्मादेवी बझाङ सेवा समाज धनगढी तेश्रो र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखड सान्त्वना भएको निर्णयक कमिटि संयोजक थापाले बताए ।

प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार पाउने पाउने छन् । यस्तै, सान्त्वना प्राप्त गर्ने टिमले नगद १० हजार रुपैयाँ पाउने निर्णयक कमिटि संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । आज (शनिबार) समापन कार्यक्रममा पुरतस्कार वितरण गरिने आयोजकले जनाएको छ । बिहिबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेको प्रतियोगिता आज समापन हुनेछ ।
