Skin_Hospital_Dhn

परराष्ट्रमन्त्री साउद भन्छन्– झुलाघाटमा छिट्टै पक्की पुल बन्छ

बैतडी: परराष्ट्रमन्त्री एनपी साउदले बैतडीको भारतसँग सीमा जोडिएको झुलाघाट महाकाली नदीमाथि छिट्टै पक्की पुल बन्ने बताएका छन्। शुक्रबार बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोटमा श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन्।

भारतसँग पछिल्लो समयमा बैतडीको झुलाघाट र डडेल्धुराको परशुरामको मोटेरेबल पुलका लागि अन्तिम छलफल भएको बताए। उनले भने, ‘दार्चुलाको पक्की पूल,झुलाघाटको पक्की पुल र परशुराममा पुल बनाउने विषयमा भारतीय पक्षसँग छलफल भएको र जसमध्ये दार्चुलामा पुलको काम चलिरहेको र झुलाघाट र परशुराममा अब छिटै पूलको सिलन्यास हुने छ।’

झुलाघाटसम्म दुबै देशले पक्की सडक निर्माण गरिसकेका छन्। गएको साउन महिनामा मात्रै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाटमा पक्की पुल निर्माणको घोषणा गरेका थिए।

सोही घोषणा अनुसार पुल निर्माणका लागि भारतीय पक्षले टेण्डर समेत आह्वान गरिसकेको छ। झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना रहेको छ।

सम्बन्धित
Loading...