Skin_Hospital_Dhn

गायक स्वप्‍न सुमन फिल्मको नायक बन्ने, दिनेश राउतको लभस्टोरी फिल्ममा अनुबन्धित

काठमाडौं ।

मेलोडीक गायक स्वप्न सुमन अब फिल्मको नायक बन्ने भएका छन् । निर्देशक दिनेश राउतको नयाँ फिल्ममा उनी हिरोको रुपमा देखिने भएका हुन् ।

प्रेमकथा र सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मको नाम भने अझै जुरेको छैन । फिल्मको मुख्य भूमिकाका लागि बिहीबार स्वप्न सुमन फाइनल भएको निर्देशक राउतले जानकारी दिए ।

फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । आगामी दसैँमा रिलिज गर्ने लक्ष्य राखिएको फिल्मको बाँकी कलाकार समेत छिट्टै छनौट हुने राउतको भनाई छ ।

स्वप्न सुमन वास्तविक नाम सुमन थापा हो । सन् २०१३ बाट गीत गाउन सुरु गरेका उनी युवा पुस्ता माझ लोकप्रिय गायक मानिन्छन् ।

सम्बन्धित
Loading...