Skin_Hospital_Dhn

दार्चुलामा एक पुरुष मृत फेला

दार्चुलाः दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल मृत फेला परेका हुन् ।

बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै हिजो (आइतवार) मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित
Loading...