Skin_Hospital_Dhn

४ स्टार खेलाडी समेटेर तयार पीएसजीसंग अल स्टार्स–११ ५–४ ले पराजित

काठमाण्डौं ।

साउदी अरेबियामा क्रिस्टियानो रोनाल्डोले खेलेको आफ्नो पहिलो खेलमा दुई गोल गर्न सफल भएका छन् । गयराति पीएसजीसंग भएको मैत्रीपूर्ण खेलमा लियोनल मेसी पनि गोल गर्न सफल रहे । त्यसै प्रदर्शनको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबारको मैत्रीपूर्ण खेलमा रियाद अल स्टार्स–११ लाई ५–४ ले हराएको छ ।

रियादस्थित किङ फाद स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा पिएसजी पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको थियो। तर उसले स्टार खेलाडी समेटेर तयार गरिएको साउदीको अल—स्टार्स विरुद्ध निरन्तर गोल गर्दै खेलमा रोमाञ्चक बनाइरह्यो।

लगातार दवाव दिएको अल—स्टार्सले पनि लगातार गोल गर्दा दुवै पक्षबाट कुल ९ गोल भएको थियो।

मेसीले तेस्रो मिनेटमा नै नेमारको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । तर रोनाल्डोले पेनाल्टीमार्फत् ३४ औँ मिनेटमा खेल बराबरीमा ल्याए।

मार्किन्होले एम्बाप्पेको पासमा गोल गर्दै ४३ औँ मिनेटमा पुनः पिएसजीलाई २—१ को अग्रता दिलाए। लगत्तै पाएको पेनाल्टीलाई नेमारले चुकाउँदा अग्रता फराकिलो पार्नबाट पिएसजी चुक्यो।

तर पहिलो हाफ बराबरी गर्ने क्रममा रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए। त्यसअघि नै ३९ औँ मिनेटमा पिएसजीका जुवान बर्नाट रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा टिम १० खेलाडीमा समेटिएको थियो।

दोस्रो हाफमा पनि पिएसजीले सर्जियो रामोसको गोलमार्फत् अग्रता बनायो। उनले एम्बाप्पेको एसिस्टमा गोल गरेका थिए। तर जङ्ग ह्युन सोले ५६ औँ मिनेटमा गोल गर्दै पुनः खेललाई ३—३ को अवस्थामा ल्याए।

६० औँ मिनेटमा पिएसजीले पुनः एम्बाप्पेको पेनाल्टीमार्फत् खेलमा ४—३ को अग्रता बनायो। ७८ औँ मिनेटमा एकिटिकले गोल गर्दा पिएसजीले खेलमा ५—३ को अग्रता कायम राख्नन सफल भयो।

इन्जुरी समयमा टलिस्काले गोल गर्दै अल स्टार्सका लागि चौथो गोल गरेका थिए । तर उक्त गोल घरेलु मैदानमा अल—स्टार्सलाई जिताउन भने पर्याप्त भएन।

सम्बन्धित
Loading...