Skin_Hospital_Dhn

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि सुरु

काठमाडौँ ।
आज प्रतिनिधिसभाको उपसभामुखका लागि मनोनयन दर्ताको समय तोकिएको छ।

संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ ।

सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। रास्वपाले पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी बनाउने तयारी रहेको छ ।

सम्बन्धित
Loading...