Skin_Hospital_Dhn

बैतडीमा २० वर्षीया युवती मृत फेला

बैतडी ।
बैतडीमा घास काट्न गएकी महिला तिन दिन पछी मृत फेला परेकी छन् । चार दिनदेखि बेपत्ता जिल्लाको सिगास गाउँपालिका वडा नं ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधीका धामी बिहीवार मृत अवस्थामा फेला परेकी हुन् ।

उनी आज थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राधीका माघ दुई गते दिउंँसो घास काट्न जान्छु भनेर घरबाट निस्केकी थिइन्।

घाँस काट्न निस्केकी उनको स्थनीयले खोज्ने क्रममा उनलाइ बिहीवार मृत अवस्थामा भेटेका थिए।

सम्बन्धित
Loading...