Skin_Hospital_Dhn

प्रधानमन्त्री कप क्रिकेट: आज कर्णाली र लुम्बिनी तथा बागमती र आर्मी खेल्ने

काठमाडौँः प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज कर्णाली र लुम्बिनी प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ ।

यस्तै, आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । बागमतीले ले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जित र २ खेलमा हार बेहोरेको छ । यस्तै त्रिभुवन आर्मी क्लबले एक खेलमा जित हासिल गरेको छ ।

सम्बन्धित
Loading...