Skin_Hospital_Dhn

अत्तरिया महोत्सवमा आज पुष्कल शर्मा, टंक तिमिल्सिनाको विशेष प्रस्तुति रहने

धनगढीः सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोक दोहोरी गायक पुष्कल शर्माको विशेष प्रस्तुति रहने भएको छ । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज (बुधबार) पुष्कल शर्मा मुटु जलाई जलाई, हितको परानी, आयु छोटा छ रे लगायत दजर्नौ गितका गायक हुन् ।

त्यस्तै टंक तिमिल्सिनाका मेरी चम्फा, झ्याम पैतली लगायतका डेउडा गीत चर्चित छन् ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार आज अन्य ४ जना कलाकारको पनि प्रस्तुती रहनेछ । जस्मा टिका जैशी, रेश बिसि, रमेश मल्ल र अमृत नाथ रहेका छन् ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू, थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

सम्बन्धित
Loading...