Skin_Hospital_Dhn

घोडाघोडीमा रुखबाट खसेर एक युवतीको मृत्यु

धनगढी: कैलालीको घोडाघोडीमा रुखबाट खसेर एक युवतीको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो।

घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

सम्बन्धित
Loading...