Skin_Hospital_Dhn

एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

काभ्रेः एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका-८ घर भइ हाल पाँचखाल नगरपालिका-७ बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका-८ घर भइ पाँचखाल-७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका-४ घर भई हाल पाँचखाल-७ बस्ने १९ वर्षीय अमर बिक र एक किशोर पक्राउ परेका हुन् ।

पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको काभ्रे प्रहरीमा उजुरी परेको थियो । उनीहरू मजदुर हुन् । पीडित युवती पनि उनीहरूसँगै काम गर्थिन् । काम सकेर मदिरा सेवन गरेर घर फर्किने क्रममा उनीहरूले ती युवतीलाई बलात्कार गरेका थिए ।

आफूमाथि बलात्कार भएको हल्ला गाउँभरी फैलिएपछि युवती आत्महत्या प्रयास गर्दैगर्दा गाउँलेले बचाएका थिए । त्यसपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो ।

सम्बन्धित
Loading...