Skin_Hospital_Dhn

बैतडीमा एक वृद्धा तीन दिनदेखि बेपत्ता

बैतडीः बैतडीमा एक वृद्धा तीन दिनदेखि बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–३ डुङ्गरी बस्ने ६७ वर्षीया वृद्धा सरस्वती ऐर तीन दिनदेखि बेपत्ता भएकी हुन्।

सोमबार बिहान घरबाट सरसफाइका लागि हिँडेका आमा अहिलेसम्म सम्पर्कमा नआएका बेपत्ता वृद्धाका छोरा मोहन ऐरले जानकारी दिए।

सम्पर्कविहीन आमाको खोजतलास गर्दा पनि अहिलेसम्म फेला नपरेका उनले बताए। वृद्धा बेपत्ता भएपछि प्रहरीमा समेत खबर गरिएको परिवार स्रोतले जनाएको छ।

बेपत्ता वृद्धाको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। वृद्धा ऐर तीन दिनदेखि बेपत्ता भएपछि घरपरिवार चिन्तामा परेको छ। बेपत्ता ऐरलाई कहिँकतै कसैले भेटे नजिकको प्रहरी अथवा मोबाइल नम्बर ९८६६५०८०१० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

सम्बन्धित
Loading...