
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन्।

सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए।

बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नु परेकाले देउवा भाडाको घरमा सरेका थिए। २०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए। घर निर्माणको कार्य छ महिनामा सकिने भनिए पनि एकवर्ष बढी लागेको थियो।
