
कञ्चनपुर: जिल्लाको शुक्लाफाँटा नगरपालिकाले दुई दिन बिदा दिएको छ। नगरपालिकाले आज बुधबार एक सूचना जारी गर्दै विद्यालयहरूमा भोलि र पर्सि दुई दिन बिदा दिएको जनाएको हो।

अत्यधिक चिसोका कारण पठनपाठनमा असहजता भएको र विद्यार्थीहरूको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्ने भएकाले ४ र ५ गते नगरपालिकाअन्तर्गतका विद्यालयहरूमा जाडो बिदा दिइएको सूचनामा उल्लेख छ।

