
बैतडी ।
बैतडीको बस पार्कमा अचेत अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

बिहीवार दिउँसो १ बजे झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका—४ जर्कका अन्दाजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिए।

अचेत अवस्थामा बस पार्कमा भेटिएका चन्दलाई जिल्ला अस्पताल ल्याइएकोमा २ बजेको समयमा मृत्यु भएको खत्रीले बताए। मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा रहेका थिए। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
