Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका(१ चैतनपुरबाट प्रमोद चौधरी हिजो (बुधवार) लागूऔषधसहित पक्राउ परेका हुन् ।

गोदावरी नगरपालिका(२ का २४ वर्षीय प्रमोद चौधरीलाइ १ ग्राम ५०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंका लागि चौधरीलाई सोधपुछ गर्दा उनले चैतनपुर सामुदायिक वनमा लुकाई छिपाई राखेको अबस्थामा लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...